ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वविजेता इङ्ल्याण्डलाई हराउदै अष्ट्रेलियालले जित्यो एक दिवसीय सिरिज

तेस्रो तथा अन्तिम खेलमा इङ्ल्याण्डलाई ३ विकेटले हराउँदै पाहुना टोली अष्ट्रेलियाले सिजिजमा २- १ को जित निकालेको हो ।

विश्वविजेता इङ्ल्याण्डलाई हराउदै अष्ट्रेलियाले एक दिवसीय सिरिज आफ्नो पक्षमा पारेको छ ।

तेस्रो तथा अन्तिम खेलमा इङ्ल्याण्डलाई ३ विकेटले हराउँदै पाहुना टोली अष्ट्रेलियाले सिजिजमा २- १ को जित निकालेको हो ।

हिजो भएको अन्तिम तथा निर्णायक खेलमा ङ्ल्याण्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष अष्ट्रेलियाले २ बल बाँकी छदै ७ विकेट गुमाएर पुरा गर्यो । ७३ रनमा ५ विकेट गुमाएको अष्ट्रेलियाको इनिङ्स त्यसपछि आएका ग्लेन म्याक्सवेल र एलेक्स केरीले शतकीय इनिङ्स खेल्दै अष्ट्रेलियालाई जित पक्का गरेका थिए । म्याक्सवेलले ९० बलमा १ सय ८ रन बनाए भने केरीले १ सय ६ रनको शानदार पारी खेले ।

यसअघि, घरेलु टिम इंग्ल्यान्डले ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको थियो । इंग्ल्यान्डले ५० ओभरमा अष्ट्रेलियालाई जितका लागि ३ सय ३ रनको लक्ष्य दिएको थियो।  इंग्ल्यान्डका लागि जोनी बेयरस्टोले १ सय १२ रनको शतकीय इनिङ्स खेले । साम बिलिङ्सले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्रिस वोक्सले अविजित ५३ रन बनाए । कप्तान इयान मोर्गनले २३ रन जोड्दा टम करनले १९ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पा र मिचेल स्टार्कले ३/३ विकेट लिए ।

पहिलो खेलमा १९ रनको जित निकालेको अष्ट्रेलिया दोस्रो खेलमा भने पराजित रहन पुग्यो । दोस्रो खेल  इंग्ल्यान्डले २४ आफ्नो पक्षमा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *