श्राद्धखादा एक जनाको ज्यान गयो, पन्ध जना विमारी
आइतबार कैलालीको गोदावरी १० खमौरामा श्राद्ध खादा एक जनाको मृत्यु भएको छ भने अन्य १५ जना विरामी परेका छन् ।

आइतबार कैलालीको गोदावरी १० खमौरामा श्राद्ध खादा एक जनाको मृत्यु भएको छ भने अन्य १५ जना विरामी परेका छन् ।
खमौरामा भदौं २७ गते श्राद्ध खान गएका १६ जना मध्ये सुरेश बोहोराको उपचारका क्रममा सेता प्रादेशिक अस्पतालमा मंगलबार मृत्यु भएको हो । उनीसँगै श्राद्धखान गएका अन्य १५ जना विरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नयाव उपरिक्षक प्रतीक विष्टले जानकारी दिए । उनले दिएको जानकारी अनुसार तीन जनाको पद्ममा अस्पताल , तीनजना नवजीवन अस्पताल, दुई जना माया मेट्रो अस्पतालमा उपचार र अन्यको सेती प्रादेशिक अस्पताल भइरहेको छ ।