ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विद्यालय तहको पढाइ चैत्र मसान्तसम्म सक्ने भएपनि उच्च शिक्षाको परिक्षा र पठनपाठनको अन्योलता हटेन

विद्यालय तहको पठनपाठनको समस्या सुल्झ्याएका मन्त्रि पोखरेल कक्षा १२ तथा उच्च शिक्षाको विषयमा भने अझै अलमलमा छन् । एसईई र कक्षा ११ को मूल्याङकनको जिम्मा विद्यालयलाई लगाए पनि कक्षा १२ र उच्च शिक्षाको परिक्षा सञ्चालनको अन्योलता भने हट्न सकेको छैन ।

शिक्षा मन्त्रालयले चेत्र मसान्तमा नै शैक्षिक सत्र सम्पन्न गर्ने गरी संश्लेषण सहितको पाठ्यक्रम सार्वजनीक गरेको छ ।

कोरोना महामारीका कारण पठन पाठन पठ्प भएपछि मन्त्रालयले वैकल्पिक शिकाइ प्रणालीलाई मान्यता दिदै आगामी सात महिना शैक्षिक सत्र पुरा गर्ने गरी पाठ्यक्रम तयार पारेको हो । अनलानईन, रेडिय तथा टेलिभिजनबाट कक्षा सञ्चालन गरेपनि प्रभावकारी नभएपछि मन्त्रालयले विद्यार्थीलाई निशुलुक इन्टरनेट उपल्वध गराउने तयारी सुरु गरेको छ भने पठन पाठन सहज गराउन पाठ्यक्रमलाई दुई भागमा विभाजन गरेको छ । जसमा विद्यार्थी आफैले पढेर बुझ्न सक्ने नबुझेको शिक्षकलाई सोध्न सक्ने र घरमा पढेर अभिभावकको सहयोग लिने सक्ने गरी पाठ्यक्रम तयार पारिएको छ ।

चैत्र ६ गते परिक्षा सकेर घरमा नै रहेका करिव ४० लाख विद्यार्थीको शैक्षिक सत्र नै गुम्ने हो कि भन्ने डर भइरहेका वेला मन्त्रालयले पाठ्यक्रम संश्लेषण गरेसँगै यो चिन्ता भने हटेको छ । विद्यालय तहको पठनपाठनको समस्या सुल्झ्याएका मन्त्रि पोखरेल कक्षा १२ तथा उच्च शिक्षाको विषयमा भने अझै अलमलमा छन् । एसईई र कक्षा ११ को मूल्याङकनको जिम्मा विद्यालयलाई लगाए पनि कक्षा १२ र उच्च शिक्षाको परिक्षा सञ्चालनको अन्योलता भने हट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *