बल्खु तरकारी बजारमा ग्राहक बनेर पुगे आपुर्ति मन्त्री भट्ट

प्याजको मुल्य एक्कासी आकासिएपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले तरकारी बजारको अनुगमन गरेका छन् ।
ग्रहकको भेषमा कालीमाटी तथा बल्खु तरकारी बजार पुगेका मन्त्री भट्टले बल्खुका ७ वटा पसलमा प्याजको मूल्य अनुगमन गरेका थिए । अनुगमनका क्रममा अघिल्लो दिनको भन्दा १० रुपैया मुल्य बृद्धी गरी विक्रि वितरण हुदैँ आएको पाइएको छ । हिजो ७५ रुपैयामा विक्रि गरेका व्यापारीले प्याजको मुल्य एकै दिन १० रुपैयाले वृदी गरेका हुन । यसरी मुल्य वृदी गर्ने तथा लुकाएर कालोबजारी गर्ने ७ बटा पसललाई सिल गरिएको छ । मन्त्री भट्ट सहितको टोलीले प्याज लुकाउन प्रयोग भएको एउटा पिक-अप भ्यानलाई समेत नियन्त्रणमा लिइएको छ
दिन प्रतिदिन प्याजको भाउ बढेको गुनासो बढ्न थालेपछि अनुगमन गरिएको मन्त्री भट्टको सचिवालयले जानकारि दिएको छ ।