विद्यालयमा सम्पर्क गर्न विद्यार्थीलाई प्याब्सनको आग्रह
विद्यार्थी भर्ना तथा कक्षाकोठासम्म पुगेर पठन पाठन हुन नसकेको अवस्थामा नीजि विद्यालय सञ्चालकहरुले विद्यार्थी भर्नाका लागि अभिभावकसँग अपिल गरेका छन्
बुधबार प्याबसनले विज्ञप्ती जारी गर्दै संभव भए पुरानै नत्र नजीकको विद्यालयमा गएर अभिलेखिकरण गर्न अनुरोध गरेको छ । भर्चुअल, अनलाइन, दूरशिक्षा लगायतका वैकल्पिक शिक्षण सिकाइलाई प्रयोग गरी बालबालिकाहरूको सिकाइलाई निरन्तरता दिइरहेको जनाउने प्याव्सनले नेपाल सरकारले वर्गीकरण गरेको शिक्षण सिकाइको पहुचको आधारमा बर्गिकरण गरी सिकाइ कृयाकलापमा भाग लीन अनुरोध गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ अनुसार विद्यार्थीहरूको भर्ना गर्ने, अभिलेखीकरण गर्ने, विद्यार्थीहरूको तथ्याङ्क विवरण तयार गरी स्थानीय पालिका मार्फत नेपाल सरकारलाई बुझाउने तयारी सुरु भएको जनाएको छ ।