ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै, प्राधिकरण प्रमुख र सरकारको प्रवक्ता तोकिदै कुलमानको पक्षमा साँझ ५ बजे ५ मिनेट बत्ति बन्द गर्न अपील

प्रधानमन्त्री केपी शर्मा ओलीले आज(सोमबार) साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

हेरक सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि आजको बैठकलाई विशेष महत्वका साथ हेरिएको छ । निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाको राजीनामा पछि रिक्त रहेको सरकारको प्रवक्ता तोक्ने विषय र  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको टुङ्गो आजको बैठकले लगाउन सक्ने बालुबाटार स्रोतले जनाएको छ ।

 निवर्तमान अर्थमन्त्रीको राष्ट्रियसभा सदस्यको म्याद सकिए पनि छ महिना भित्र सदस्य बन्न नसक्दा थपिएको ६ महिनाको अवधि भदौं २० मा सकिएको थियो । उनले समालेका अर्थमन्त्रालय र सञ्चार मन्त्रालयमा को लाने भन्ने वियय टुङ्गो नलागे पनि रिक्त रहेको प्रवक्ताको जिम्मा भने अझै लगाइने स्रोतको दावी छ । पर्यटन मन्त्री योगेश भट्टराईलाई प्रवक्ताको जिम्मा लगाउने अड्कल पनि हुदैँ आएको छ ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको टुङ्गो आजकै बैठकले लगाउने बालुबाटार स्रोतले जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएसँगै उक्त पद रिक्त छ । लगातारको १८ घण्टा लामो लोडसेडिक अन्य गरेर जनलहर बटुलेका घिसिङलाई नै निरन्तरता दिने वा उनको ठाँउमा अरुलाई ल्याउने विषयले आज पुर्णता पाउदैँ छ । 

कुलमानलाई प्राधिकरणबाट विदा नगरिएका कारण उनलाई नै निरन्तरता दिने हो कि भन्ने आकलन भइ रहेका वेला कलाकार दिपकराज गिरिले सामाजिक सञ्जाल मार्फत कुलमानलाई निरन्तरता दिन माग गर्दै संकेतिक रुपमा साझ ५ बजे ५ मिनेट बत्ति निभाउन अपिल गरेका छन् । त्यसो त कुलमानलाई नै प्रधिकरणको प्रखुमा निरन्तरता दिनु पर्ने चौतर्फि दवाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *